काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय, चःमतिमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।
सपथ ग्रहणका लागि आवश्यक प्रमाणपत्र, घण्टी तथा अन्य व्यवस्थापनका सामग्री तयारी अवस्थामा राखिएका छन्। कार्यक्रम निर्धारित कार्यतालिकाअनुसार सञ्चालन गर्ने तयारी गरिएको छ।
पार्टी स्रोतका अनुसार नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई रास्वपाका सभापति रवि लामिछानेले सपथ गराउने तयारी गरिएको छ। यसका लागि केन्द्रीय कार्यालयमा आवश्यक सबै व्यवस्थापन पूरा गरिएको जनाइएको छ।

















प्रतिक्रिया