काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको छ।

महाधिवेशन समापनपछि बसेको बैठकले चितवनको भरतपुरमा ऐतिहासिक रूपमा प्रथम महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने प्रतिनिधि, शुभेच्छुक, सुरक्षाकर्मी तथा स्थानीयवासीप्रति धन्यवाद ज्ञापन गरेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका सहमहामन्त्री हरि ढकालले केन्द्रीय समितिले पार्टीका निर्वाचन, लेखा र अनुशासन आयोगको नेतृत्व चयन गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिइएको छ भने अनुशासन आयोगको प्रमुखमा कास्कीका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरिएको छ।

नवनिर्वाचित नेतृत्वसँगै रास्वपाले आगामी राजनीतिक कार्यदिशा र संगठन विस्तारलाई थप प्रभावकारी रूपमा अघि बढाउने संकेत गरेको छ।

















प्रतिक्रिया