प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं l प्रधानमन्त्रीले बिहीबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक विषय तथा विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने छ।

बैठकबाट सरकारका नियमित प्रशासनिक कार्यसम्पादनसँग सम्बन्धित आवश्यक निर्णयहरू गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।