काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने म्याद पुनः थप गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म कायम गरिएको छ।
यसअघि पार्टीले नयाँ सदस्यता वितरणको अन्तिम मिति असार २० गते तोकेको थियो। कांग्रेसले इच्छुक सदस्यहरूलाई अनलाइनमार्फत पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिने व्यवस्था गरेको जनाएको छ।
पार्टीले १५औँ महाधिवेशन आगामी असोज महिनामा गर्ने तयारी गरिरहेको छ।

















प्रतिक्रिया