झापा । गृहमन्त्री सुधन गुरुङ सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले झापा भ्रमणमा पुगेका छन्।
आइतबार राति झापा आइपुगेका गृहमन्त्री गुरुङले सोमबार अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरेका छन्।
भेटका क्रममा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था, स्थानीय नागरिकले भोगिरहेका समस्या तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको वर्तमान अवस्थाबारे छलफल भएको जनाइएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरुङले सम्बन्धित निकायबाट सुरक्षा व्यवस्थाबारे जानकारी लिने र प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

















प्रतिक्रिया