प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग संवाद गर्दै


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग संवाद गर्नुहुने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन्।

छलफलमा निर्माण व्यवसायीहरूले भुक्तानी, ठेक्का व्यवस्थापन, सार्वजनिक खरिद, नीतिगत सुधार तथा निर्माण क्षेत्रका समसामयिक चुनौतीबारे सरकारसँग धारणा राख्ने अपेक्षा गरिएको छ। साथै, निर्माण क्षेत्रलाई थप प्रभावकारी, पारदर्शी र व्यवसायमैत्री बनाउन आवश्यक नीतिगत सुधारका विषयमा समेत छलफल हुने जनाइएको छ।