महिला उद्यमीसँग प्रधानमन्त्री शाहको विशेष छलफल हुदै


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विशेष छलफल गर्दै हुनुहुन्छ।

केही बेरमा सुरु हुने उक्त बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, उद्योग तथा व्यवसाय क्षेत्रमा महिलाको सहभागिता वृद्धि, नीतिगत सुधार तथा उद्यमीमैत्री वातावरण निर्माणलगायत विषयमा विस्तृत संवाद हुने कार्यक्रम रहेको छ।

बैठकमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।

छलफलबाट महिला उद्यमशीलता विकास, निजी क्षेत्रसँग सरकारको सहकार्य र महिलामैत्री नीतिगत सुधारका विषयमा महत्वपूर्ण निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।