गोरखा । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिएका छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालयको निरीक्षणका क्रममा उनले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई अधिकतम १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
गृहमन्त्री गुरुङले प्रशासनिक सेवा नागरिकमैत्री, सरल र झन्झटरहित हुनुपर्नेमा जोड दिँदै अनावश्यक ढिलासुस्ती तथा प्रक्रियागत जटिलता अन्त्य गर्न कर्मचारीलाई निर्देशन दिए।
निरीक्षणका क्रममा उनले सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीको गुनासो व्यवस्थापनबारे जानकारी लिँदै सेवा सुधारमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

















प्रतिक्रिया