काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रवेश गर्न लागेका ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसापीडित बिनु यादवलाई शनिबार प्रहरीले रोकेको छ।
आफ्ना माग तथा समस्या सम्बन्धित निकायसमक्ष राख्न गृह मन्त्रालय पुगेका उनीहरूलाई मन्त्रालय प्रवेश गर्न नदिएपछि सिंहदरबारको मूल गेटमै घन्टी बजाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई त्यहाँबाट हटाएको थियो।
प्रदर्शनका क्रममा प्रहरीबाट आफूमाथि दुर्व्यवहार भएको निहारिका र बिनुले आरोप लगाएका छन्। उनीहरूका अनुसार महिला प्रहरीहरूले हटाउने क्रममा लछारपछार गरेका, लगाएका लुगा च्यातिदिएका तथा “लाज लाग्दैन ? जस्ता अपमानजनक शब्द प्रयोग गरेका थिए। उनीहरूले प्रहरीको उक्त व्यवहारले आफूहरू थप अपमानित र मानसिक रूपमा पीडित भएको बताएका छन्।
निहारिका राजपुत र बिनु यादव केही दिनदेखि आफ्ना माग सम्बोधनको माग गर्दै सिंहदरबारको मूल गेटमा निरन्तर धर्ना दिँदै आएका छन्।

















प्रतिक्रिया