काठमाडौं । इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोनमार्फत व्यापक आक्रमण गरी कैयौँ अमेरिकी लडाकु विमान तथा इन्धन भर्ने ट्यांकर विमानहरू ध्वस्त पारेको दाबी गरेको छ।
इरानका अनुसार उक्त आक्रमणमा अन्य थुप्रै अमेरिकी विमानहरूमा पनि गम्भीर क्षति पुगेको छ। तर, अमेरिका र जोर्डनले अहिलेसम्म इरानको यो दाबी पुष्टि गरेका छैनन्।
जोर्डनको सेनाले भने आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा मिसाइललाई बीचमै खसालिएको जनाएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को एयरोस्पेस फोर्सले विज्ञप्ति जारी गर्दै ‘अपरेसन नस्र–२’ को १४औँ चरणअन्तर्गत दुई चरणमा आक्रमण गरिएको र त्यसमा कैयौँ ब्यालिस्टिक मिसाइल तथा ठूलो संख्यामा ड्रोन प्रयोग गरिएको जनाएको छ। इरानको सरकारी टेलिभिजनले पनि जोर्डनमा तैनाथ अमेरिकी सैन्य विमानहरूलाई लक्षित गरिएको दाबी गरेको छ।
यद्यपि, अमेरिकाले आफ्ना कुनै सैन्य विमान वा अड्डामा क्षति पुगेको पुष्टि गरेको छैन। त्यसैले इरानको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

















प्रतिक्रिया