काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक विक्रम भुजेल २०८३ साल असार महिनाको ‘महिनाकै उत्कृष्ट प्रहरी’ सम्मानबाट सम्मानित हुनुभएको छ।
अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, गुण्डागर्दी नियन्त्रण तथा कर्तव्य ज्यान, चोरी र डाँका जस्ता गम्भीर अपराधको सफल अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत उक्त सम्मान प्रदान गरिएको हो ।

















प्रतिक्रिया