मलंगवा । सर्लाहीका २४ वर्षीय अफसर आलम हुसैन नेपाल टेलिकमको करिब ८० फिट अग्लो टावरमा चढेका थिए। परिवारका सदस्य र स्थानीयको सम्झाइ–बुझाइपछि उनी सुरक्षित रूपमा टावरबाट ओर्लिएका छन्।
गोडैता नगरपालिका–९ निवासी हुसैन सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका थिए। केही समयपछि परिवारको आग्रह र सम्झाइपछि उनी सकुशल तल झरेर घर फर्किएका छन्।
घटनाबारे आवश्यक जानकारी संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया