काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलंका भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।
प्रचण्ड जुलाई १५ मा श्रीलंका गएका थिए। भ्रमणका क्रममा उनले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।
भ्रमणका क्रममा उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग द्विपक्षीय छलफल गरेका थिए। साथै, सत्तारुढ जनता विमुक्ति पेरामुना (JVP) का महासचिव तिल्भिन सिल्भा र पार्टीको पोलिटब्युरोसँग पनि छुट्टै भेटवार्ता गरी आपसी सम्बन्ध र राजनीतिक सहकार्यका विषयमा छलफल गरेका थिए।

















प्रतिक्रिया