चितवन। स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक तथा चितवनतर्फको पृथ्वी राजमार्गमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको छ।
चितवनसहित धादिङलगायत विभिन्न जिल्लामा निरन्तर वर्षासँगै पहिरोको उच्च जोखिम रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातिको समयमा सवारी सञ्चालन गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।
प्रशासनले अत्यावश्यक अवस्थामा राति यात्रा गर्नुपरे स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
निरन्तर वर्षाका कारण शनिबार राति पनि यही सडकखण्डमा सवारी आवागमन बन्द गरिएको थियो।

















प्रतिक्रिया