काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक ३० वर्षभन्दा कम उमेरकी निशा सुनार हुन्।
प्रहरीका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्रबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले कोठाभित्र युवतीको शव फेला पारेको हो।
शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

















प्रतिक्रिया