जनकपुर । महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडाबाट प्रहरीले खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मंगलबार बिहान करिब ११ बजे बागमती प्रदेश ०१–००७ ख ८२१ नम्बरको हायसमा सवार भारतका २४ वर्षीय राजा कुमार मण्डललाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २६ ग्राम ९९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषधसहित मण्डललाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया