काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई कालो झण्डा देखाएर सांकेतिक विरोध जनाउन पुगेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
घरेलु हिंसामा परेको र अदालतमा विचाराधीन मुद्दाको छिटो सुनुवाइ हुनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै आइरहेका निहारिका राजपुत र विनु यादव शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ परेका हुन्।
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएर विरोध जनाउने तयारीमा रहेका उनीहरूलाई झण्डा प्रदर्शन गर्न नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
दुवै जनाले घरेलु हिंसासम्बन्धी मुद्दामा शीघ्र न्यायको माग गर्दै केही समयदेखि काठमाडौंमा निरन्तर आन्दोलन गर्दै आएका छन्। प्रहरीले पक्राउको थप कारण र उनीहरूलाई कहाँ राखिएको भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

















प्रतिक्रिया