काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति तथा वरिष्ठ राजनीतिज्ञ गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेसको वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्।
सभापति थापाले आगामी साउन १२ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गराउने गरी श्रेष्ठलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको जनाइएको छ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठ हाल अस्वस्थ भई उपचाररत छन्। पार्टी संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन तथा नेपाली कांग्रेसलाई सुदृढ बनाउन उनले पुर्याएको योगदानको सम्मानस्वरूप यो निर्णय गरिएको बताइएको छ।
श्रेष्ठलाई पार्टीको उच्च मर्यादामा स्थापित गर्ने यस घोषणालाई कांग्रेसभित्र अग्रज नेताप्रतिको सम्मान अभिवृद्धि गर्ने तथा पार्टीको आन्तरिक एकता सुदृढ बनाउने कदमका रूपमा हेरिएको छ।

















प्रतिक्रिया