रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
शुक्रबार बिहान करिब १०ः३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेका हुन्।
घटनापछि आक्रोशित स्थानीयवासीले आरोपी उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।
घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

















प्रतिक्रिया