काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक विकासमा सक्रिय रूपमा लगानी गर्न आग्रह गरेका छन्।
अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भर्चुअल छलफल गर्दै उनले सरकारको धारणा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ रहेको उल्लेख गर्दै जन्मभूमिको समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए।
उनले प्रवासी नेपालीलाई नेपालको सद्भावनादूतको संज्ञा दिँदै मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न आह्वान गरे। देशको आर्थिक विकासलाई तीव्रता दिन वर्तमान सरकार प्रतिबद्ध रहेको र त्यस अभियानमा विदेशमा रहेका नेपालीको साथ, सहयोग तथा लगानी आवश्यक रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले चालु बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व तथा उद्योगमैत्री नीतिहरू लागू गरिएको उल्लेख गर्दै नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन्।
उनका अनुसार सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्दै उत्पादन, रोजगारी र आर्थिक गतिविधि विस्तारमा जोड दिएको छ।

















प्रतिक्रिया