जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी


काठमान्डौ – जनकपुरधाममा जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार गत बिहीबार दिउँसो ३:३० बजेदेखि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आज बिहान १० बजेदेखि हटाइएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुटेलका अनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहनेछ।

सुनसरी घटनापछि जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिसकिएको छ।