जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दु मोर्चाबीच शनिबार १३ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरमा जारी आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ।
सहमतिअनुसार संयुक्त हिन्दु मोर्चाले भोलिदेखि घोषणा गरेको नेपाल बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिई स्थगन गर्ने निर्णय गरेको छ।
सम्झौतामा धार्मिक सद्भाव, शान्ति–सुरक्षा, विभिन्न धार्मिक स्थलको व्यवस्थापन, सामाजिक सञ्जालमार्फत हुने धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने गतिविधिमाथि कानुनी कारबाही, देवानगञ्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन, घाइतेहरूको उपचार, नागरिकता सम्बन्धी विषयमा कानुनी प्रक्रिया अगाडि बढाउनेलगायतका १३ बुँदा समेटिएका छन्।
दुवै पक्षले संवाद, आपसी सहकार्य र संवैधानिक तथा कानुनी प्रक्रियामार्फत बाँकी विषयहरू पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सहमतिपछि जनकपुरसहित प्रभावित क्षेत्रमा तनाव कम हुने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया