काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल क्षेत्रमा सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे उनलाई पक्राउ गर्ने क्रममा तामाङले साथमा रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ।
गोली लागेर घाइते भएका तामाङलाई नियन्त्रणमा लिई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















प्रतिक्रिया