इरानको मिसाइल आक्रमणमा ज्यान गुमाएका तामाङ्को शव नेपाल ल्याइयो


काठमाडौं । इरानको मिसाइल आक्रमणमा कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव मध्यरातमा नेपाल ल्याइएको छ।

सन् २०२२ देखि कुवेतमा चालक (ड्राइभर) का रूपमा कार्यरत तामाङको गत बिहीबार चिनियाँ कम्पनीको भवनमा इरानले प्रहार गरेको मिसाइल लाग्दा मृत्यु भएको थियो।

उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएको हो। परिवार, आफन्त तथा स्थानीयवासी शोकमा रहेका छन्।

यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र द्वन्द्वग्रस्त क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्थाप्रति पुनः गम्भीर चिन्ता उत्पन्न गराएको छ।