कुटपिट गरी हजुरबुबाको हत्या गर्ने नाति पक्राउ ।


सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा गएका आफ्नै हजुरबुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी अन्दाजी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते सोही स्थानमा बस्ने आफ्ना अन्दाजी २३ वर्षीय नाति निरबहादुर विश्वकर्माको घरमा न्वारन पूजामा सहभागी हुन गएका थिए।

पूजाकै क्रममा भएको विवादपछि निरबहादुरले कृष्णगोपालमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका कृष्णगोपाललाई उपचारका लागि अस्पताल लगिएको भए पनि साउन १९ गते उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपित निरबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।