रसुवामा सेनाद्वारा अस्थायी पुल निर्माण, स्थानीय र यात्रुलाई राहत


काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–४ स्थित टेवछे खोलामा अविरल वर्षाका कारण काठे पुल बगेपछि आवतजावत प्रभावित भएको थियो। सोही स्थानमा नेपाली सेनाको श्रीनाथ गणको टोलीले नेपाल प्रहरी र स्थानीयवासीसँगको सहकार्यमा श्रावण १९ गते अस्थायी पुल निर्माण गरेको छ।

अस्थायी पुल निर्माणसँगै स्थानीय बासिन्दा तथा यात्रुहरूको आवतजावत पुनः सहज भएको छ। विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय समुदायको समन्वयमा गरिएको यस कार्यले प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत पुगेको छ।