काठमाडौं । निर्माण क्षेत्रमा रोजगारी सिर्जना गर्दै दिगो रोजगार प्रणाली विकास गर्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासङ्घबीच सहकार्य गर्ने सहमति भएको छ।
आज युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव तथा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा भएको छलफलमा निर्माण क्षेत्रको वास्तविक मागअनुसार आवश्यक जनशक्ति उत्पादन गर्न सीपमूलक तालिम सञ्चालन गर्ने, तालिमप्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग जोड्ने तथा रोजगारी प्रवर्द्धनका लागि दुवै मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासङ्घबीच निरन्तर संवाद, समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ।
छलफलमा दुवै मन्त्रालयका सचिव, नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।



















प्रतिक्रिया