राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफैं उद्योग खोल्ने, सञ्चालन गर्ने र त्यसको प्रचार गर्नेभन्दा निजी क्षेत्रलाई उद्योग स्थापनाका लागि प्रोत्साहित गर्नुपर्ने बताएका छन्।
उनले समय परिवर्तन भइसकेकाले सरकारले उद्योग सञ्चालनभन्दा लगानीमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्ने धारणा राखे।
लिङ्देनले भने, ‘हिजो कुनै समय थियो सरकारले उद्योगधन्दा खोल्ने र चलाउने। आज समय बदलिएको छ… सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने होइन। निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, लगानीमैत्री वातावरण बनाउने, एउटा होइन हजारौँ उद्योग खोल्न र लाखौँको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको हो।’
उनका अनुसार सरकारले निजी क्षेत्रको लगानी आकर्षित गर्ने वातावरण बनाएमा ठूलो संख्यामा उद्योग स्थापना हुनुका साथै रोजगारीका अवसरसमेत विस्तार गर्न सकिनेछ।




















प्रतिक्रिया