सिराहा । सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सिराहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो मेमोरियल स्कुलको गेटअगाडि दुर्घटना भएको हो। उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज.१ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालु भक्तजन सवार थिए।
स्कुलको गेटअगाडिको उकालोमा पुगेपछि ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टिँदा उनीहरू घाइते भएका हुन्।
दुर्घटनामा धनुषा जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका अन्दाजी १३ वर्षीय अनुराग मण्डल गम्भीर घाइते भएका छन्। सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर इलाका प्रहरी कार्यालय बन्दीपुरको नियन्त्रणमा रहेको छ। ट्याक्टर चालक धनुषा जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका अन्दाजी ३५ वर्षीय रामबिहारी मण्डल फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घाइतेहरूको विवरण
१. अनुराग मण्डल, १३ वर्ष
२. कृष्णा मण्डल, १७ वर्ष
३. गंगिया मण्डल, ४० वर्ष
४. राहुल दास, १८ वर्ष
५. प्रिन्स दास, १३ वर्ष
६. गोपाल यादव, १८ वर्ष
७. मोना कुमारी मण्डल, ३३ वर्ष
८. चन्द्र कुमारी दास, ५० वर्ष
९. रामदुलारी दास, ६० वर्ष
१०. राम कुमारी दास, ४४ वर्ष
११. पंचा मण्डल, १७ वर्ष
१२. आसिस कुमार यादव, १७ वर्ष
१३. बिकी मण्डल, १२ वर्ष
१४. कृष्णा कुमार यादव, १३ वर्ष
१५. बिना कुमारी मण्डल



















प्रतिक्रिया