काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएका छन्। उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि पत्नी आरजु राणा देउवासँगै कात्तिक १० गते राति सिंगापुर गएका थिए। उपचारपछि उनी थाइल्यान्ड हुँदै आज नेपाल फर्किएका हुन्।
देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापनइतर समूहका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।





















प्रतिक्रिया