ब्राउन सुगरसहित दुई जना पक्राउ, ४ लाख नगद बरामद


काठमाडौँ । प्रहरीले ३२.५८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ४ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट बरामद ब्राउन सुगर र नगद नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।