धनुषा । नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।
साबिक मिथलेश्वर महुवाही गाविसका वडा नं. १ देखि ९ सम्म पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लालपुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।
आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ३१० थान जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाले जनाएको छ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले लालपुर्जा पाएसँगै आफ्नो जग्गाको औपचारिक तथा कानुनी स्वामित्व प्राप्त गरेका छन्। लालपुर्जा प्राप्त भएपछि उनीहरूलाई जग्गाको कारोबार, धितो राख्ने तथा अन्य कानुनी प्रक्रियामा समेत सहज हुने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया