तनहुँ । व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ।
आइतबार साँझ पहिरो खसेर सडकको एक लेन अवरुद्ध भएपछि अर्को लेनबाट सवारीसाधन सञ्चालन गर्न समेत कठिनाइ भएको प्रहरीले जनाएको छ।
पहिरो खसेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ।
प्रहरी टोलीले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेको छ। पहिरोका कारण राजमार्गमा सवारी आवागमन प्रभावित भएकाले प्रहरीले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।






















प्रतिक्रिया