गुल्मीमा भीरबाट खसेर वृद्धको मृत्यु


काठमाडौँ। गुल्मीमा भीरबाट लडेर ६५ वर्षीय फटिकबहादुर पुनको मृत्यु भएको छ।

कालीगण्डकी गाउँपालिका–४ भाङखर्कका पुन सोमबार बिहान पैदल हिँड्ने क्रममा सडकबाट करिब १५० मिटर तल खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।