मन्त्रिपरिषद् बैठक सुरु, रसुवा बाढीको क्षति र पुनर्निर्माणमा महत्त्वपूर्ण निर्णय हुने


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

रसुवाको भोटेकोसीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार तथा राहत व्यवस्थापन र पुनर्निर्माणका विषयमा आवश्यक निर्णय गर्न बैठक बोलाइएको हो।

बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने, प्रभावित नागरिकको व्यवस्थापन गर्ने तथा बाढीबाट क्षति पुगेका सडक, पुल, जलविद्युत् लगायतका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।

बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि सरकारले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक कदम चाल्ने तयारी गरेको छ।