काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले आर्थिक सहयोग गरेको जनाएको छ।
यसअघि पनि बैंकले विपत्तिपछि प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउनेलगायत दैनिक उपभोग्य राहत सामग्री उपलब्ध गराइसकेको थियो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहयोग रकमले प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यमा योगदान पुग्ने बैंकको विश्वास छ।
माछापुच्छ्रे बैंकले विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक र समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि समुदायको हित र विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ।





















प्रतिक्रिया