काठमाडौँ – प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका कांग्रेस सांसद भरतबहादुर खड्का अचानक सिटबाट लडेका छन्।
रास्वपाका सांसद सोम शर्माले संसद्मा बोलिरहेका बेला ब्लड प्रेसर बढेपछि खड्का अस्वस्थ भएर सिटबाट लडेका हुन्। कांग्रेस सांसद सीता थपलियाका अनुसार खड्कालाई ब्लड प्रेसर बढेर असहज महसुस भएको थियो।
खड्का लडेपछि प्रतिनिधिसभाको बैठक केहीबेर रोकिएको थियो। अहिले उनको प्राथमिक स्वास्थ्य उपचार संसद् भवनमै भइरहेको जनाइएको छ।



















प्रतिक्रिया