पर्सा । मानव बेचबिखनसम्बन्धी कसुरमा १९ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साविक सखुवाप्रसौनी गाउँपालिका–४ का कादिर अन्सारीलाई शुक्रबार पक्राउ गरिएको हो। उनीविरुद्ध मानव बेचबिखनसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।
लामो समयदेखि फरार रहेका अन्सारीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।



















प्रतिक्रिया