काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा हराइरहेकाहरूका आफन्तले चाँडोभन्दा चाँडो खोजी तथा उद्धार गर्न सरकारलाई दबाब दिएका छन्।

हराइरहेकाहरूका आफन्तहरू हातमा विभिन्न माग लेखिएका पम्प्लेट बोकेर काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन्।

उनीहरूले सुरुङभित्र फसेका आफ्ना आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेका छन्।

“हाम्रा आफन्तको अवस्था थाहा पाउन पाउने अधिकार छ, उद्धारमा ढिलाइ नगरियोस्” भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।




















प्रतिक्रिया