काठमाडौं । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका १४ वर्ष कैद सजाय पाएका कैदी करिब एक वर्षपछि पक्राउ परेका छन् ।
हाडनाता जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका ३४ वर्षीय हर्कबहादुर गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले सोमबार पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–३० का गुरुङ २०८१ माघ १४ गतेदेखि कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए । जेनजी आन्दोलनका क्रममा कारागारबाट भाग्दा उनको ११ वर्ष ९ महिना २६ दिन कैद बाँकी थियो ।
फरारपछि कास्कीका विभिन्न स्थानमा लुक्दै आएका उनलाई रूपा गाउँपालिका–७, धारापानीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका गुरुङलाई बाँकी कैद भुक्तानका लागि पुनः कास्की कारागारमा बुझाइएको छ ।



















प्रतिक्रिया