जग्गाको निहुँमा आफ्नै भाइलाई कालोमोसो दल्ने पक्राउ


सुर्खेत । जग्गाको विषयलाई लिएर आफ्नै भाइलाई कालोमोसो दल्ने एक व्यक्ति सुर्खेतमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ टेम्पोपार्कका ६७ वर्षीय लक्ष्मण प्रसाद शर्मा रहेका छन्।

प्रहरीका अनुसार शर्माले मंगलबार बिहान वीरेन्द्रनगर–२ टेम्पोपार्कमा बस्ने आफ्ना ६३ वर्षीय भाइ नारायण प्रसाद शर्मामाथि जग्गाको विषयलाई लिएर कालोमोसो छ्यापेका थिए।

घटनाको खबर पाएपछि प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको टोलीले लक्ष्मणलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।