काठमाडौं ।जेनजी आन्दोलनका सहिदहरूको सालिकको अनुहार वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारले अनावरण गर्न नदिएपछि सालिक अनावरण कार्यक्रम स्थगित भएको छ।
ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स परिसरको पार्कमा निर्माण गरिएका ४५ जना सहिदका सालिकमध्ये केहीको अनुहार नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएका हुन्।
परिवारले सालिकमा सहिदको वास्तविक अनुहार झल्किने गरी सुधार नगरेसम्म अनावरण गर्न नदिने अडान लिएपछि कार्यक्रममा सहभागी हुन पुगेका गृहमन्त्री सुधन गुरुङ सालिक अनावरण नगरी फर्किएका छन्।
परिवारजनले सालिक निर्माणमा आफूहरूको भावनालाई ध्यान दिइनुपर्ने र सहिदको पहिचान तथा अनुहारसँग मेल खाने गरी सालिक सच्याउनुपर्ने माग गरेका छन्।




















प्रतिक्रिया