ज्योतिषीको कार्यालयमै चोरी, ल्यापटप लिएर भागेका दुई जना पक्राउ


काठमाडौँ । काठमाडौँको जयबागेश्वरीस्थित ज्योतिषी श्रीकृष्ण गौतमको कार्यालयबाट ल्यापटप चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

चोरीको निवेदन परेपछि खोजीमा खटिएको प्रहरीले सुजन राई (२५) र सुसन गुरुङ (२६) लाई जयबागेश्वरीबाट चोरीका सामानसहित पक्राउ गरेको हो।

उनीहरूको साथबाट डेल कम्पनीको एक थान ल्यापटप र एक थान गितार बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ।