काठमाडौं – यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाकोले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनरुत्थानका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।
यसैगरी, यशोदा फुड्सले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ समेत राहतस्वरूप वितरण गरेको जनाएको छ।
कम्पनीले आवश्यकताअनुसार थप राहत सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको जनाएको छ।




















प्रतिक्रिया