काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतबाट आइतबार पक्राउ अनुमति लिएपछि तामाङलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए। अदालतमा मुद्दा दर्ता भए पनि उनी अदालतमा उपस्थित नभएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तामाङ नयाँबजारस्थित ओसिन ट्रान्सपोर्ट एडभेन्चर प्रालिका सञ्चालकसमेत हुन्।
भदौ १० गतेको बाढीबाट प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारमा बोलाएको छलफलमा तामाङ पनि सहभागी थिए। बैठक सकेर बाहिरिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो।



















प्रतिक्रिया