प्रधानमन्त्री बालेनले बोलाए आज मन्त्रिपरिषद् बैठक


काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ । बैठकका एजेन्डाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।