काठमाडौं – दशैं-तिहारलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा वृहत् दशैं-तिहार विशेष जुत्ता तथा चप्पल मेला सञ्चालन भइरहेको छ।
मेलामा ११ नेपाली जुत्ता उद्योगीको सहभागिता रहेको छ। नेपाली उत्पादकले उत्पादन गरेका विभिन्न डिजाइन, शैली र मूल्यका जुत्ता तथा चप्पल मेलामा राखिएका छन्।
मेलामा २०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका जुत्ता–चप्पल उपलब्ध रहेको आयोजकले जनाएको छ। ग्राहकलाई आकर्षित गर्न विभिन्न उत्पादनमा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
दशैं–तिहारको समयमा नेपाली उत्पादनको प्रवर्द्धन गर्नुका साथै उपभोक्तालाई एउटै स्थानबाट विभिन्न ब्रान्ड तथा डिजाइनका जुत्ता–चप्पल खरिद गर्ने अवसर प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।
मेलामा बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न प्रकारका जुत्ता, चप्पल, स्पोर्ट्स सुजलगायतका सामग्री उपलब्ध छन्। आयोजकका अनुसार चाडपर्वको किनमेलका लागि मेला उपभोक्ताका लागि आकर्षणको केन्द्र बनेको छ।



















प्रतिक्रिया