काठमाडौं । लगातारको वर्षापछि चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ। नदीमा पानीको बहाव बढेसँगै आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ।
भरतपुर महानगरपालिका–१७ र २८ अन्तर्गतका केही तटीय बस्तीमा पानी पस्न थालेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
यसैगरी, चितवनको बनकट्टास्थित रिउ खोलाको जलसतह पनि खतराको सीमाभन्दा माथि पुगेको छ। नदी तथा खोलामा बहाव उच्च रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन र जोखिम बढेमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
पश्चिम चितवनका अन्य बस्तीमा समेत बाढी पस्न सक्ने जोखिम रहेकाले प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
चितवनमा रातभर वर्षा जारी रहेकाले नदी तथा खोलाको जलसतह थप बढ्न सक्ने र बाढीको जोखिम अझै बढ्न सक्ने जनाइएको छ।

















प्रतिक्रिया