काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १५ सदस्यीय टोली घोषणा गरेको हो। शृङ्खलामा नेपालसँगै आयोजक ओमान र क्यानडा सहभागी हुनेछन्। खेलहरू अक्टोबर ७ अर्थात् असोज २१ गतेदेखि ओमानमा सुरु हुनेछन्।
एसीसी प्रिमियर कपमा सहभागी टोलीमा केही परिवर्तन गर्दै लिग–२ का लागि टोली छनोट गरिएको छ। पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादवलाई टोलीमा समावेश गरिएको छ भने बाँयाहाते स्पिनर शाहब आलम टोलीमा फर्किएका छन्।
यसपटक ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामीले टोलीमा स्थान बनाउन सकेनन्। ओपनर अर्जुन कुमाल र आसिफ शेखले भने टोलीमा निरन्तरता पाएका छन्।
नेपालको १५ सदस्यीय टोलीमा कप्तान सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहेका छन्।
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल।






















प्रतिक्रिया