विराटनगर । झापाको बिर्तामोड नगरपालिका–स्थित भद्रपुर लाइनमा आगलागी हुँदा पाँच घर जलेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। उनका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन।
‘मानवीय क्षति भएको छैन,’ डीएसपी अवाले भने, ‘४–५ घरमा आगलागीले क्षति पुर्याएको छ। हामी विवरण संकलन गरिरहेका छौँ।’
उनका अनुसार भद्रपुर लाइनमा रहेको एक फर्निचर उद्योगबाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगो फैलिँदा आसपासका घरसमेत प्रभावित भएका हुन्।
आगलागीबाट जलेका घर तथा भौतिक संरचनामा भएको क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।




















प्रतिक्रिया